बलिउड स्टार अक्षय कुमार , नुपूर सेनन र पञ्जाबी स्टार एमी बिर्कबीच त्रिकोणात्मक प्रेम देखाइएको भर्खरै रिलिज भएको गीत ‘फिलहाल २ मोहब्बत’ले युट्युब भ्युजको रेकर्ड नै तोडेको छ। उक्त म्युजिक भिडियो सार्वजनिक भएको पाँच दिनमै १३ करोड ६० लाखभन्दा बढीले हेरिसकेका छन्। यो युट्युबको इतिहासमै पहिलो २४ घण्टामा सबैभन्दा धेरै हेरिएको भारतीय म्युजिक भिडियो हो। फिलहालको पहिलो भाग सन् २०१९ मा आएको थियो। त्यसलाई पनि अहिलेसम्म एक अर्बभन्दा बढीले हेरिसकेका छन्।