युवा पोस्ट,पौष १८ , २०७८, आइतबार, पाकिस्तानको कराँची स्थित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशकी श्रीमती सेरेना इसामाथि यातना दिएको घटना सार्वजनिक भएको छ । द न्युज इन्टरनेशनलका अनुसार केही अपरिचित व्यक्तिहरू सेरेना इसाको घरभित्र पसेर धम्की दिएका छन् । संघ र सिन्ध सरकारलाई लेखेको पत्रमा वरिष्ठ न्यायाधीशकी पत्नी सेरेना इसाले भनिन्, २९ डिसेम्बरमा जब उनी कराँचीस्थित आफ्नो घरमा सरसफाईको काम गरिरहेकी थिइन्, तब दुई जना अपरिचित व्यक्ति घरभित्र पसे र मलाई र मेरी छोरीलाई दुव्र्यवहार गर्दे परिवारको बारेमा जानकारी माग्न थाले ति दुई गएको केही समयपछि फेरि अर्का दुई जना अपरिचित व्यक्ति घरमा आएर धम्की दिएर प्रश्न गर्न थाले । उनले सरकारलाई पत्र लेख्दै यस विषयमा छानबिन गर्न माग गरेकी छन् ।