06:20:45 am 25-May-2022

अन्तराष्ट्रिय बिमान स्थल २४ घण्टा र आन्तरिक बिमानस्थल १८ घण्टा संचालन हुने


अन्तराष्ट्रिय बिमान स्थल २४ घण्टा र आन्तरिक बिमानस्थल १८ घण्टा संचालन हुने

नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने तयारी गरेको हो। अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घन्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक निकाय नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घन्टा सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले  कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौंको विमानस्थललाई २४सै घन्टा सञ्चालन गर्ने निर्णय भएको बताए।    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहितगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घन्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ। त्यसैको प्रतिफलस्वरूप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ।

विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटन मन्त्री आलेले सहजीकरण गरिदिएका छन्। मन्त्री आलेकै पालामा टिआइए २४ घन्टा सञ्चालनमा आउन लागेको हो।

कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ।’पर्यटन मन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो,’ सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भने।

उडान चाप बढ्नु सुखद् पक्ष पनि हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ। साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन्। त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताए।

उनले भने, ‘अन्तर्राष्ट्रिय र आन्तरिक  सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ, नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनुछ, अहिले टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनौं।’

यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले टिआइए २१ घन्टा सञ्चालनमा ल्याएका थिए। टिआईएको धावनमार्गको जिर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म सञ्चालनमा ल्याइएको थियो। कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन। काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनिगौतम बुद्ध विमानस्थललाई हेरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घन्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]