अफगानिस्तानी रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीको हमला:चारजनाको मृत्यु
अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी को निवासमा मङ्गलवार सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जना को ज्यान गएको छ । बन्दुकधारीहरूले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए। साथसाथै उनीहरूले गोली पनि चलाएका थिए। आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन् भने रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका सहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी रहेको छ।