अफगानिस्तान: दश लाख बालबालिका कुपोषणको खतरामा,अर्थतन्त्र ओरालो लाग्यो
युवा पोस्ट,पौष २८,२०७८,बुधबार,
हिउँद याम शुरू हुँदै गर्दा अफगानिस्तानको मानवीय सङ्कट पनि बढ्दो छ।तालिबानले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय नाकाबन्दी कायम छ र अर्थतन्त्र ओरालो लागेको छ। यस अघिको अफगान सरकारको पतन र पश्चिमा सहयोग फिर्ता हुँदा बेरोजगारी तीव्र रूपमा बढेको छ।केहीले मात्र आफ्ना परिवारलाई खाना उपलब्ध गराउन सकेका छन् र आफ्नो घर न्यानो राख्न सकेका छन्। दश लाख बालबालिका कुपोषणको खतरामा परेका छन्। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका लागि सहयोग उपलब्ध गराउन आपत्कालीन अनुरोध गरिसकेको छ।