अफगानिस्तान: तालिबान सरकारको आदेश, महिलाहरु पुरुष आफन्त बिना लामो यात्रा गर्न नपाउने
युवा पोस्ट,पौष १२, २०७८,
अफगानिस्तानमा तालिबान फिर्ता भएपछि महिलाहरुको मानवअधिकार उल्लङ्घनका कुराहरू उठिरहेसँगै अफगानिस्तानमा महिलाहरुको लामो यात्रालाई लिएर तालिबानले सारा विश्वलाई आफ्नो वास्तविक रंग देखाएको छ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले आइतवार जारी गरेको निर्देशिका अनुसार सबै सवारी साधन मालिकहरुलाई हिजब लगाएका महिलालाई मात्रै सवारीसाधनमा बस्न दिइन निर्देशन दिइएको र ४५ माइल (७२ किलोमिटर) भन्दा बढी यात्रा गर्ने महिलाहरुलाई परिवारका सदस्य वा आफन्तहरू साथमा नभएको खण्डमा यात्रा गर्न दिइन नहुने बताएका छन् । यसबाहेक, सामाजिक सञ्जालमा साझा गरिएको नयाँ दिशानिर्देशमा मानिसहरूलाई आफ्नो सवारी साधनमा संगीत बजाउन बन्द गर्न पनि भनिएको छ। केही दिनअघि मन्त्रालयले अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई पनि महिला समावेश भएका कार्यक्रमहरूको प्रसारण बन्द गर्न निर्देशन दिएको थियो।