युवा पोस्ट,पौष २० , २०७८, मंगलबार, पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले सोमबार सिमानामा तारबार लगाउने विषयमा अफगानिस्तानको तालिबान सरकारसँग मतभेद रहेको स्वीकार गरेका छन् । तर, उनले वार्ताबाटै समस्या समाधान हुने विश्वास पनि व्यक्त गरेका छन् । पाकिस्तानी मिडियामा यस्ता धेरै तस्बिर र भिडियोहरू छन्, जसमा अफगान तालिबानका मानिसहरूले बुलडोजरमार्फत पाकिस्तानसँगको सीमामा लगाइएको काँडेतार हटाइरहेको स्पस्ट देखिएको छ । त्यहाँ उपस्थित पाकिस्तानी सैनिकले पनि विरोध गर्न सकेका छैनन् । यति मात्र होइन, बार उखेलेपछि तालिबानले पाकिस्तानी सेनाका सबै उपकरणहरू पनि जफत गरेर आफूसँगै लगेका थिए । अफगान तालिवानका प्रवक्ताले भने– सीमामा केही तनाव छ । तर, हामीले डुराण्ड रेखामा नमान्ने स्पष्ट पारिसकेका छौं ।