अब प्रदेशस्तरमा पनि सेयर ब्रोकर हुने तथा वाणिज्य र विकास बैंकले पनि ब्रोकर लाइसेन्स पाउने
केन्द्रीय स्तरमा मात्रै ब्रोकरको लाइसेन्स दिदै आएको धितोपत्र बोर्डले प्रदेशस्तरमा पनि सेयर ब्रोकरको लाइसेन्स दिने भएको छ । देशका ग्रामीण क्षेत्रमा सेयर बजारप्रति आकर्षित हुनेहरुको संख्या बढेका कारण अब प्रदेशस्तरमा पनि सेयर ब्रोकरको आवश्यकता देखिएकोले अब बोर्डले प्रादेशिक ब्रोकरको लाइसेन्स दिने सोच बनाएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिएका छन् । बैंकलाई सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्न दिनुपर्ने भन्ने आवाज उठिरहे संगै बोर्डले वाणिज्य बैंक र विकास बैंकका सहायक कम्पनीहरुलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिने तयारी गरेको छ ।