युवा पोस्ट, माघ ६, २०७८, बिहीबार , फ्रान्सेली सिनेमाबाट एउटा दुखद खबर आएको छ । मार्भलको आगामी शृङ्खला ‘मून नाइट’ मा अभिनय गरेका फ्रेन्च अभिनेता गास्पर्ड उलिलको दक्षिणपूर्वी फ्रान्समा स्कीइङ दुर्घटनामा परेर ३७ वर्षको अल्पायु उमेरमा निधन भएको छ । उनी (ह्यानिबल राइजिङ) मा ह्यानिबल लेक्टर खेल्नका लागि सबैभन्दा बढी परिचित थिए। अभिनेता ग्यास्पर्ड उलिल चलचित्रमा काम गर्नुका साथै विज्ञापन जगतमा पनि चर्चित अनुहार थिए । अभिनेता गास्पर्ड उलिल को अचानक मृत्युले सबैलाई स्तब्ध बनाएको छ।