अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्दै
३० वर्ष बलिउडमा स्थापित भएका अभिनेता शाहरुख खानकी छोरी सुहाना खान बलिउडमा डेब्यु गर्न लागेकी छिन् । जिन्दगी ना मिलेगी दोबोरा’ फिल्मकी निर्देशक जोया इन्टरनेसनल कमिक किताब ‘आर्ची’मा आधारित भारतीय संस्करण बनाउन काम गरिरहेकी छिन्, जुन पछि नेटफ्लिक्समा रिलिज हुने हल्ला चलेको छ ।जोयाले शाहरुखकी छोरी सुहानालाई मुख्य पात्रको रुपमा लिने अनुमान गरिएको छ। सुहानासँगै जोयाले फिल्ममा अन्य दुई स्टार कलाकारका छोराछोरीलाई अभिनयमा लिने कुरा चलेको बलिउड हंगामाले जनाएको छ।