अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ। कमेडी च्याम्पियनले फेसबुक पेजमा लेखेको छ, ‘हाम्री प्यारी ऋचु दी अब नयाँ सदस्यको आगमनसँगै ऋचु ममी हुनुभएकोमा हामी सम्पूर्ण कमेडी च्याम्पियन परिवारको तर्फबाट हार्दिक बधाई । आमा अनि छोरा दुवैको सुस्वास्थ्यको कामना ।