युवा पोस्ट, माघ ५, २०७८, बुधबार , अभिनेत्री मौनी रोय र सुरज नाम्बियारको बिहे हुन केही दिन बाँकी छ । उनीहरु जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । यो विवाहले सबैको ध्यान तानेको छ । उल्लेखनीय कुरा के छ भने मौनी र सुरजको विवाह गोवाको आलिशान डब्ल्यू होटलमा हुने भएको छ । सामन्था रुथ प्रभु र नागा चैतन्यले पनि यही होटलमा विवाह गरेका थिए । विवाहअघि नै मुम्बईमा उनीहरुको संगीतको रिहर्सल सुरु भइसकेको छ । विवाहमा आशका गोराडिया, मीट ब्रदर्स, डिजाइनर अनुराधा खुराना र कोरियोग्राफर राहुल र प्रतीकको उपस्थिति रहनेछ । मौनी रोय र सुरज नाम्बियार विवाह पछि कुचबिहारमा रिसेप्शन होस्ट गर्नेछन् । मौनी र सुरजको पहिलो भेट सन् २०१९ मा नयाँ वर्षको पार्टीमा दुबईको एक नाइट क्लबमा भएको थियो । भनिन्छ, पहिलो भेटपछि मौनी रोयलाई नाम्बियार परिवारले तुरुन्तै मन पराएको थियो । मौनीको सुरजकी आमा रेणुका नाम्बियार र बुबा राजा नाम्बियारसँग राम्रो सम्बन्ध रहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार उनीहरुको प्रि-वेडिङ समारोह जनवरी २३ देखि जनवरी २७ सम्म चल्नेछ। बिहेको तयारी पनि तिब्र रुपमा भइरहेको बताइएको छ । दुबैको विवाहमा उद्योगका धेरै पाहुनाहरु आउनेछन् । यद्यपि, अतिथि सूचीको जानकारी अझै खुलासा गरिएको छैन।