अमेरिकाका चार पूर्वोत्तर राज्यमा ४० भन्दा धेरैको निधन
समुद्री आँधी आइडाका कारण अमेरिकाको पूर्वोत्तर भागमा अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको छ । न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ । त्यसमा एकजना दुई वर्षका बालक रहेका छन् भने ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेको बताइएको छ । त्यस्तै न्यूजर्सी राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताइएको छ। जसमा अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए।पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ।