अमेरिकाको ओहायोमा एक घरमा आगो लाग्दा ५ जना नेपालीको निधन
अमेरिकाको ओहायो राज्यको आक्रन शहरमा भएको आगजनीबाट ५ जना नेपाली परिवारका सदस्यहरुको निधन भएको छ , भने ४ जना घाइते भएका छन् । शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । मृत्यु हुनेमा ५ बर्ष,११ बर्ष र १६ बर्षका बालबालिका तथा करिव ६० बर्षिय पुरुष तथा ४८ बर्षिय महिला को मृत्यु भएको बताइएको छ । त्यस ठाउँमा बसोबास गर्ने छिमेकीका अनुसार उनीहरुले उक्त घर केवल ६ महिना अगाडी मात्र किनेका थिए । मृतक हुने सबै नेपाली भाषी भुटानीहरु हुन् ।