अमेरिकाको लुइजिनिया प्रान्तमा आएको विनाशकारी आँधी ‘हुरिकेन आइडा’ ले लुइजियाना राज्यको न्यु ओर्लिन्समा वितण्डा मच्चाइरहेका छ । आँधीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध हुनुका साथै एकजनाको मृत्यु भएको छ । लुइजिनिया राज्यले आँधीबाट प्रभावित र आँधी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन सूचित गरेको छ ।