अमेरिकामा टोर्नेडो आँधीका कारण ७० जनाभन्दा बढीको मृत्यु
युवा पोस्ट, मंसिर २६ ,२०७८,
संयुक्त राज्य अमेरिकाको कन्टकी राज्यमा टोर्नेडो भनिने आँधीबेहरीका कारण ७० जनाभन्दा बढीको ज्यान गएको अमेरिकी अधिकारीहरूले बताएका छन्। कन्टकी राज्यमा आकस्मिक सेवाका कर्मचारीहरूले विभिन्न कारखानाका भग्नावशेषमा मानिसहरूको खोजी गरिरहेका छन्।
कारखानाका भग्नावशेषबाट हालसम्म दर्जनौँ मानिसको उद्धार गरिएको छ। तर अब त्यस्ता स्थानमा मानिसहरू जीवितै भेटिने सम्भावना कम भएको अधिकारीहरूले बताएका छन्।प्रहरी कार्यालय र अग्नि नियन्त्रण केन्द्रहरूमा पनि क्षति पुगेपछि उद्धारमा कठिनाइ उत्पन्न भएको छ।त्यहाँ हजारौँ मानिसहरू पानी र इन्धनबिना रहन बाध्य छन्।