इराकको बगदाद एयरपोर्ट नजिकै रहेको अमेरिकी एयरबेसमा सोमबार भएको ड्रोन हमला असफल भएको छ । अमेरिकी सैनिकले दुईवटा सशस्त्र ड्रोन बिफल पारेका छन् । आक्रमणमा कुनै क्षति भएको छैन । दुई वर्षअघि जनरल सुलेमानीको मृत्युको बदला लिन चाहने केही इरानी समर्थक समूहले यो हमला गरेको मानिन्छ। अमेरिकाको यहाँ सबैभन्दा राम्रो एन्टी ड्रोन प्रणाली तैनाथ गरिएको छ। अरब न्यूजका अनुसार यस हमलामा आइएसआईएसको हात हुनसक्छ । रिपोर्टका अनुसार यी आत्मघाती ड्रोन थिए र तिनीहरूको निशाना बगदाद एयरपोर्ट पनि थियो । त्यहाँबाट केही दूरीमा अमेरिकी एयरबेस पनि छ।