अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २७ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री
आज साताको दोस्रो कारोबार दिन सोमवार अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।कम्पनीको शेयरमूल्य यो समाचार तयार पार्दासम्म रू.६०१ मा कारोबार भइरहेको छ । अहिले सम्म कम्पनीको रू.२७ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३.८० प्रतिशतले वृद्धि भएको हो ।