अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग स्पष्टीकरण मागेको छ । सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ्ग प्रकरणमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नो छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको समाचार सञ्चारमाध्यमहरुमा आएपछि अर्थमन्त्रालयले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ । अर्थमन्त्रालयले बोर्डमा पठाएको पत्रमा भनिएको छ – ‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सोको स्पष्ट र तथ्यपरक विवरण ३ दिनभित्र यस मन्त्रालयमा उपलव्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ।’