अर्थ मन्त्रालयको सचिवको पद सम्हाल्दै :मधु कुमार मरासिनी
गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । यसअघि उनी महालेखा नियन्त्रक रहेका थिए । उनले आज आइतवार देखि नै अर्थ सचिवको कार्यभार सम्हाल्ने भएका छन् । यसअघिका अर्थ सचिव शिशिर कुमार ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । ढुंगाना लामो समयदेखि अर्थ सचिवका रुपमा कार्यरत थिए ।उनी महालेखा नियन्त्रक रहेका थिए ।