नेपाली निर्माताहरुले असोज दोस्रो सातादेखि हल खोल्ने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्रका हल खोल्ने अनुमति दिएको तर नेपालभरको हल खोल्ने अनुमति नदिएको कारण चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै उपत्यकाभित्रको हल समेत नखोल्ने निर्णय गरेको थियो । चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानले अब भने आफूहरु असोज दोस्रो साताबाट नेपालभरका हल खोल्ने तयारीमा पुगेको बताएका छन् । चलचित्र संघ असोज २६ फूलपातीको दिनलाई लक्षित गरेर डाँडाको वर,चपली हाइट–३, हिजोआज भोलि , लक्का जवान , म यस्तो गीत गाउँछुु, प्रेमगीत – ३, चिसो मान्छे लगायतका फिल्महरुको प्रदर्शन पक्का गरेर फिल्म खोल्ने तयारीमा छ । ।