आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास
युवा पोस्ट, मंसिर २४ ,२०७८,
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभ साहितमा बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूबाट शिलान्यास सुसम्पन्न भयो । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक श्री राजु रमण पौडेलज्यू, कम्पनीका संस्थापक शेयरधनी,नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू, कम्पनीका संचालक समितिका अध्यक्ष श्री हेमराज ढकाल ज्यू लगायत सम्पूर्ण संचालकज्यूहरु, संस्थापक शेयरधनीज्यूहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेश भक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीयप्रमुखहरु, शाखाप्रमुखहरु लगायतको उपस्थिति थियो ।
शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू बाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गर्नुभयो ।उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेश भक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षज्यूलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । श्री श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै यस सुखद समराहोमा उपस्थित भई हामीलाई हौसला प्रदान गरिदिनुभएकोमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू, कार्यकारी निर्देशक श्री राजु रमण पौडेलज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्नुभयो ।