आइन्स्टाइनको सापेक्षतासम्बन्धी पाण्डुलिपि वैज्ञानिक दस्तावेजको लिलामीको किर्तिमान तोड्यो
युवा पोस्ट, मंसिर ८,२०७८,
अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ।सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो। प्यारिसस्थित क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको किर्तिमान तोडेको छ। हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए। तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने खुलाइएको छैन।आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो।गत मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित भ्.mअ² इक्वेसनबारे उनले लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्री भएको थियो।