आइपीओ निष्कासन अनुमति मागेको नेष्डो समृद्ध लघुवित्तको नाफा १६ करोड ३३ लाख
आइपीओ बिक्री गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।यस आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।