आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टर बीचफाइनान्सका डेबिट कार्ड वाहक(Debit Card Holder),Mobile Banking का सेवा उपभोग गर्ने ग्राहक, एवम् कर्मचारीहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार गराउदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० (दश) प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्र मिति २०७८ साउन १८ गते फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखाप्रबन्धक सुदिनकुमार लामा र हस्पिटलका महाप्रबन्धक सि.ए. कृष्ण हरि घर्तीले हस्ताक्षर गरेका हुन् ।