06:04:51 am 25-May-2022

आईपिओ – अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी


आईपिओ – अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी

युवापोष्ट, ८ बैसाख । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपिओ जारी गर्न अनुमति पाएको छ। यस कम्पनीबाट उत्पादित बिद्युत रन अफ र रिभर प्रणालीबाट हुन्छ । अनुकुल भौगोलिक बनावट र जलस्रोतको सुनिस्चितताका कारण यसबाट बिद्युत बार्‍है महिना उत्पादन हुन्छ ।कम्पनीले सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डले हिजो, वैशाख ७ गते अनुमति दिएको हो। कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको २४.५० प्रतिशत आइपिओ जारी गर्न  निबेदन दिएको थियो । 

अपर सोलु हाइड्रोले पहिलो चरणमा स्थानीय र त्यसपछि अन्य सर्वसाधारणहरूको लागि सेयर जारी गर्ने भएको हो।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। 

अपर सोलु हाइड्रो कम्पनी पहिलो पटक सन् २०१० मे २८ तारिखदेखि एक निजी कम्पनीको रूपमा सञ्चालनमा आएको हो। पछि सन् २०१७ अप्रिल १४ तारिखदेखि भने यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो।

हाल कम्पनीले सोलुखुम्बु जिल्लामा २३.५ मेगावाटको सोलु एचइपी सञ्चालन गरिरहेको छ। एफ.एम.ओ. डेभलोपमेन्ट बैंकको यसमा लगानीसमेत रहेको छ । यसको क्षमता बिस्तार र ऋण चुक्ता गर्न यसको प्रयोग हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]