युवापोष्ट २० असार, काठमाण्डौं । आज अर्थात असार २० गतेदेखि अप्पर सोलु हाईड्रोको आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदक
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपिओ निष्काशन बन्द छिटोमा असार २३ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ। सर्वसाधारणको आईपिओमा माग भन्दा धेरै बढी आवेदन पर्ने देखिएकाले यसको निष्काशन असार २३ सम्म मात्र निष्काशन हुने देखिएको छ ।
अप्पर सोलु हाईड्रो ान गरेको छ। यसले दायित्व बह्कालिमिटेडलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP B+ (Is)” ग्रेडिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको जनाउँदछ। केयर रेटिङ्गस नेपाल लिमिटेडले “CARE-NP AAA(Is)” देखि “CARE-NP D(Is)” सम्मको रेटिङ्ग प्रदान गर्दछ। जसमा ग्रेड “CARE-NP AAA(Is)” ले (Highest degree of Safety Regarding Timely Servicing of Financial Obligation) सकारात्मक आधार जनाउँछ भने “CARE-NP D(Is)” ले (Default or are Expected to be in Default soon) नकारात्मक आधारहरु जनाउँछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।
आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा आठवटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । लक्ष्मी बैंकसहित नेपाल इन्भेष्टमेन्ट, एनएमबी, एभरेस्ट, एनआइसी एसिया, ग्लोबल आइएमई, लुम्बिनी, सेन्चुरी कमर्सियल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले ३ अर्ब ७ करोड ५० लाख ऋण लगानी गरेका छन् ।
लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट र एनएमबी बैकले ५०÷५० करोड, एभरेष्ट बैकको ४० करोड, एनआइसी एसियाको ३४ करोड १२ लाख ५० हजार, सेन्चुरी कमर्सियलको २४ करोड ३७ लाख ५० हजार लगानी गरेका छन् ।
यस्तै जलविद्युत् कम्पनीको २० करोड रुपैयाँ , ग्लोबल आइएमई र लुम्बिनी बैकको ३९ करोड बराबरको लगानी छ । आयोजनाको ऋण सम्झौता हुँदा अनुमानित लागत ४ अर्ब १० करोड निर्धारण गरिए पनि सम्पन्न हुँदा ४ अर्ब ४० करोड पुग्ने आयोजनाले अनुमान गरेको छ ।
कुल लागतको २५ प्रतिशत स्वपुँजी रहने छ । सन् २०१२ बाट निर्माण सुरु गर्ने तालिका रहे पनि प्राधिकरणले समयमा पिपिए नगर्दा काम सुरु गर्न ढिला भएकाले लागत थपिन गएको कम्पनीको दाबी छ । निर्माण सुरु गर्न ढिला भए पनि सन् २०१८ को अक्टोबरसम्म आयोजनाले व्यापारिक गर्ने प्रतिबद्धता जनाएको कम्पनीले हाल सम्म पनि कोरोना लगाएतका समस्योले आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।