आईपीओ बाँडफाँड- बिन्ध्यबासिनी हाइड्रोपावरर नतिजा हेर्ने तरिका
असार ३, काठमाडौं । आज (शुक्रवार) बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट हुदैछ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा अहिले दिउँसो ३ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको छ । कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १६ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ ।
बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने कम्पनीले सर्वसाधारणमा बाँडफाँट गर्नेछ । भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशत र दोस्रो चरणमा सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गरेको हो ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ ।
कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ‘ए’ जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला ‘बि’ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।
यस आईपिओको नतिजा हेर्न निम्न लिखित तरिका अपनाउनुहोस् ।
सबैभन्दा पहिला आफ्नो मोबाईल वा ल्यापटप वा डेस्कटपको वेव ब्राउजर ओपन गर्नुहोस् ।