आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै हुने
सूचना तथा सञ्चार विभागले आज देखि अनलाइनबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र ,प्रेस पास, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र,अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ ।यसका लागि सेवाग्राहीले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइट गई सूचना व्यवस्थापन प्रणालीमा क्लिक गरी आफुलाई आवश्यक परेको सेवा छनोट गरी आवेदन दिन सक्ने छन् । अनलाइनमार्फत रितपूर्वक आवश्यक सम्पूर्ण कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका काठमाडौं उपत्यकाका सेवाग्राहीहरुले भोलिपल्टै विभागबाट उपलब्ध गराइने र उपत्यका बाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको अनुकूलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने गरिने व्यवस्था गरिएको छ ।