09:20:36 am 03-Jul-2022

आज अन्तराष्ट्रिय योग दिवस मनाईदै


<strong>आज अन्तराष्ट्रिय योग दिवस मनाईदै</strong>

युवापोष्ट ७ असार, काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि यो  विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन २०१५ देखि जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । २०१४ मा भारतीय प्रधानमन्त्रिको रुपमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघको महासभामा उनले प्रस्ताव गरेपछि सन् २०१५ जुन २१ देखि अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । यस प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।

 स्वस्थ्य जिवन शैली र रोगहरु लाग्न नदिने उपायको रुपमा योगलाई अपनाएर मानिसलाई शारीरिक र मानसिक रुपले स्वस्थ्य रहन योगको महत्वलाई विश्वभर प्रचार प्रसार गर्न यस अन्तराष्ट्रिय योग दिवसले सहयोग पुर्‍याउँछ ।

यस दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले लगायत सहभागी भएका छन् । कार्यक्रममा बिभिन्न सहभागीहरुले योगाभ्यास गरेका थिए ।

आज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहान काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा पनि प्रधानमन्त्री देउवा र सरकारका बिभिन्न मन्त्रीहरू सहभागी भए ।

स्वस्थ्य जिवनशैली, स्वस्थ्यकर खाना र पुर्वीय दर्शनको प्रचार प्रसार हेतु सरकारले यसलाई प्राथमिकताका साथ मनाउने गरेको छ । योग जिवनशैलीको रुपमा हुनुपर्ने हुनाले सबैले यसलाई अनिवार्य रुपमा आफ्नो दिन चर्याको अभिन्न अंग बन्न जरुरी छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]