साताको तेस्रो कारोबार दिन आज मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक २९.२३ अङ्कले बढेर ३ हजार ७९.६६ बिन्दुको नयाँ रेकर्ड बनाएको हो । यस अघि साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेले हालसम्मकै ऐतिहासिक रेकर्ड ब्रेक गरी ३ हजार ५८.६३ विन्दुमा पुगेको थियो । त्यो दिनको रर्कड ब्रेक गर्दै आज बजारले नयाँ रेकर्ड बनाएको हो ।