आज देउवाले प्रधानमन्त्रीको सपथ लिँदै, मन्त्री छान्न देउवा र प्रचण्ड छलफल गर्दै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पाचौँपटक प्रधानमन्त्रीको सपथ लिनुहुने भएको छ । उहाँलाई राष्ट्रपति कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्ति गरी शपथ गराउने तयारी थालेको बताइएको छ ।सोमबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्दै समय तोकेरै देउवालाई आज ५ बजेभित्र प्रधामन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाको शपथको तयारी गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज कस्तो मन्त्रिमण्डल गठन गर्ने, कुन–कुन पार्टी सहभागी हुने भन्ने बारे छलफल हुँदैछ।