08:45:58 am 03-Jul-2022

आज देखि ३ दिनको मौसम बिश्लेषण


आज देखि ३ दिनको मौसम बिश्लेषण

युवापोष्ट १ असार, काठमाण्डौ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मिति २०७९/०३-०१ मा जारी गरिएको मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

अनुसार

मौसम विश्लेषण (Meteorological Analysis):- हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):-हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षा  भइरहेको छ ।

२०७९ असार ०१ गते (बुधबार):- दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती :   प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा  सामान्य बदली  तथा  बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका  का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असार ०२ गते (विहीबार)

दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :   प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 २०७९ असार ०३ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :   प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही लुम्बिनी प्रदेशका थोरै र  अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको  साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन  सबैमा अनुरोध छ ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]