आज बैबाहिक जीवनमा बाँधिदै र्निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटवाल
निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका छन् । निर्देशक सुदर्शनले भदौ २१ गते आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए । आज काठमाडौंको नक्सालस्थित आरण्य बुटिक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ ।आज बैबाहिक जीवनमा बाँधिएका सुदर्शन र सुप्रियाले भोली चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।