आज मंगलबार,जानौं हनुमानजीले भगवान श्रीरामलाई कहिले र कसरी भेटे ?
युवा पोस्ट, माघ ११, २०७८, मंगलबार , आज मंगलबार बजरंगी बली हनुमानको पुजा आराधना गर्ने दिन,जानौं हनुमानजीले भगवान श्रीरामलाई कहिले र कसरी भेटे ?
त्रेतायुगमा जब भगवान श्रीराम आफ्ना भाइ लक्ष्मण र सीतासँग १४ वर्ष वनवासमा थिए । यसै क्रममा लंकाका राजा रावणले माता सीतालाई अपहरण गरेर लंका लगेका थिए । जब भगवान श्रीराम र लक्ष्मणले माता सीतालाई आश्रममा भेट्टाउन सकेनन्, तब उनीहरू उनलाई खोज्न जंगलमा लागे। यी दिनमा बाँदरका राजा बलि र सुग्रीवबीच युद्ध भएको थियो । यस युद्धमा सुग्रीवले पराजय भोग्नुपरेको थियो ।यसपछि बालीको डरले सुग्रीव गएर ऋष्यमूक पर्वतको गुफामा लुके, यो पर्वत पवनदेवको शासनमा थियो। यस स्थानमा हनुमान जी आफ्ना प्रिय भगवान श्री रामको तपस्यामा लीन हुनुहुन्थ्यो। जब भगवान श्रीराम र लक्ष्मणजीले माता सीतालाई वनमा भेट्टाउन सकेनन्, तब दुवै दाजुभाइहरू उनीहरूलाई खोज्दै ऋष्यामूक पर्वतमा गए। यो देखेर सुग्रीव डराए र हनुमानजीलाई भने-हे पवनपुत्र, मेरो रक्षा गर्नुहोस्। तिमी गएर पता लगाउ कि यी दुई मायावी मानव को हुन् ? यदि बालीका दूतहरू हुन् भने, म सकेसम्म चाँडो यो ठाउ छोड्नेछु। हनुमान जी ले पनि ब्राह्मणको रूप धारण गरेर भगवान रामको समक्ष पुगेर भने- हे मानव तिमी दुवै को हौ ? अनि कुन उद्देश्यले यो पहाडमा आएको हाै ? यो सुनेर भगवान श्रीरामले भन्नुभयो– म अयोध्याका राजा दशरथको छोरा राम हुँ र यिनी मेरा भाइ लक्ष्मण हुन् । म मेरो भार्या (पत्नी) सीतालाई खोज्दै छु, जसलाई कुनै मायावी रावणले हरेको छ। यो सुनेर हनुमान जी धेरै भावुक भए र करुणामा भगवान श्रीरामको पाउमा परे र भने – भगवान मलाई क्षमा गर्नुहोस्, म मात्र मेरो काम गरिरहेको थिएँ । तब भगवान श्रीरामले हनुमान जीलाई आफ्नो हृदयमा राखेर भन्नुभयो- हे बाँदर, एक पलको लागि पनि दोषी वा पश्चाताप नगर। तिमी पनि मलाई मेरा अरु दाजुभाइहरु जस्तै प्यारो छौ । यस दिन हनुमान जीले पहिलो पटक भगवान श्रीरामलाई भेटेका थिए।