आज नेपालभर ९९१३ नमूना परीक्षणमा ४ सय ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। ६ हजार ५७७ नमूनाको पीसीआर र ३ हजार ३३६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ३९५ र एन्टिजेन विधिबाट ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको हो।