07:52:04 am 24-May-2022

आज र भोली मतदाता परीचय पत्र बितरण


आज र भोली मतदाता परीचय पत्र बितरण

युबापोष्ट २८ वैशाख, काठमाडौं ।  निर्वाचन आयोगले नयाँ मतदाताहरूका लागि आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले आज २८ गते बुधबार र भोली २९ गते बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।

आयोगका अनुसार मतदाता परीचय पत्र सम्बन्धित मतदान केन्द्रबाट  वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]