युवा पोस्ट, मंसिर ६,२०७८, सोमबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रूपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा २ सयले बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो । आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।