हिन्दी सिनेमामा हेमा मालिनीलाई एक यस्तो अभिनेत्रीको रूपमा चिनिन्छ, जसले आफ्नो फिल्मबाट मानिसको मनमा यस्तो ठाउँ बनाइन् कि उनी ड्रीम गर्ल भनेर चिनिन थालिन् ।
हेमा मालिनीलाई दिग्गज अभिनेत्री बन्नमा उनकी आमा जया चक्रवर्तीको ठूलो योगदान रहेको थियो। सोमबार हेमा आमाको जन्मदिनमा भावुक भइन् र सामाजिक सञ्जालमा पारिवारिक एल्बमका धेरै पुराना र दुर्लभ तस्बिरहरू शेयर गरेर आमालाई सम्झिन् ।
दशकौं पुराना तस्विरमा हेमा मालिनी आफ्नी आमासँग देखिएकी छिन् । कुनै तस्विरमा उनी फिल्मको सेटमा छन् भने कुनै तस्विरमा परिवारसँग । तस्बिरमा धर्मेन्द्र र छोरी इशा देओल र आहाना देओल पनि देखिएका छन् ।
तस्बिरसँगै हेमा मालिनीले लेखेकी छिन्– ‘मेरी आमालाई मिस गरिरहेकी छु, जसले मलाई माथिबाट मार्गदर्शन गरिरहनुभएको छ । उनी हाम्रो परिवारको बल थिइन् । एक पावर हाउस आमा तिमीलाई धेरै मिस गर्छु । हेमाले थप लेखेकी छिन् कि मेरो जीवनको हरेक मोडमा मेरी आमा मेरो साथमा हुनुहुन्थ्यो । उनी मेरो साथमा चट्टान जस्तै उभिइन् र अभिनेत्री र क्लासिकल डान्सरको रूपमा मेरो करियरलाई समर्थन गरिन्।
मलाई हर समस्याबाट बचाउनु भयो। हेमाले भनिन् कि उनलाई सबैले मम्मी भनेर बोलाउने गर्थे ।
हेमा ती दिनहरू सम्झन्छिन् हिजो मात्रै हो जस्तो लाग्छ। म आमासँग सुटिङको मिति तय गर्न व्यस्त छु । म दिनमा ३ सिफ्ट गर्थे । र आज म यहाँ छु, तर उहाँ हुनुहुन्न । जिन्दगी चलिरहन्छ तर जब सम्म हामी जिउदै छौ तब सम्म यादहरु हट्दैनन्।