आशा लघुवित्त वित्तीय संस्थाका अध्यक्षको सपथ ग्रहण कार्यक्रम सम्पन्न
युवा पोस्ट, मंसिर ९,२०७८,
“विपन्नको समुदायको निम्ति आशा’’ भन्ने मुलनाराको साथ २०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको आशा लघुवित्त वित्तीय संस्थाको संचालक समितिको मिति २०७८ कार्तिक २७ गतेको बैठकबाट अध्यक्षमा चयन हुनुभएको श्री निर्गुण प्रसाद भट्टचनले हिजो पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक श्री देव कुमार ढकाल ज्यू ले सपथ ग्रहण गराउनु भएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागकी निर्देशक श्री मिना पाण्डेज्यू, आशा लघुवित्त वित्तीय संस्थाका संचालक श्री प्रदिप कुमार खड्का, श्री अविनास सिलवाल तथा प्रमुख कार्यकारी अधिकृत श्री बद्री प्रसाद दुलालको उपस्थिति रहेको वित्तीय संस्थाले जनाएको छ ।