युवा पोस्ट, मंसिर ५, २०७८, इंग्लिस प्रिमियर लिग अन्तर्गत एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ४–० को सानदार जित निकालेको छ । खेलमा लिभरपुलको जितमा साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकुमी मिनामिनोले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेका थिए । यो जितसँगै लिभरपुल १२ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने पराजित आर्सनल २० अंक जोडेर पाँचौ स्थानमा छ ।