घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज आफ्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी(२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २/१ ले जितेको हो । पहिलो खेल इंग्ल्याण्डले हारे पनि लगातार दुई खेल जितेको हो। निर्णायक तेस्रो टि-२० आई खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको हो ।