इजरायलले कब्जामा लिएको वेस्ट ब्यांकस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले आइतबार रातभर गरेको आक्रमणमा इजरायली सेनाको आक्रमणबाट कम्तिमा चार जना प्यालेस्टाइनीहरु मारिएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद हलेलीका अनुसार उत्तरपश्चिम गाउँ बिद्दुका तीन जना नागरिक इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । यस्तै, जेनिन सहरको दक्षिणपश्चिम क्षेत्र बर्किनका एक जना आक्रममा मारिएका छन् ।