३० वर्षीय इटालियन फरवार्ड मारियो बालोटेली फ्रि एजेन्टमार्फत ३ वर्षको लागी टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । उनले लुमिजाने, इन्टर मिलान, म्यानचेस्टर सिटी, एसी मिलान, लिभरपुल, निस, मार्से, ब्रेसिया र मोन्जाबाट खेलिसकेका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पुर्व फरवार्ड बालोटेलीको यो १०औं क्लब हो ।