इटालियन सिरी ‘ए’ मा एसी मिलानले १० खेलाडीमा समेटिएको घरेलु टोली भेनेजियालाई ३–० ले पराजित गर्दै जित निकालेको छ । जितसँगै मिलान २१ खेलबाट ४८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । मिलानले दुई खेल कम खेलेको इन्टर मिलानलाई २ अंकले पछि पारेको हो । पराजित भेनेजिया १७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।