इङ्गल्यान्डको उपाधि चुम्ने आधा दशकको पर्खाइ अधुरै इटालीलाई युरोपेली च्याम्पियनसिप २०२० को उपाधि
युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३/२ गोल अन्तरले पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको हो। ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा निर्धारित ९० मिनेटको समयमा १/१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३/२ ले विजयी भएको हो ।