इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदैछ । टोटेनहमले घरेलु मैदानमा लन्डन क्लब चेल्सीको आतिथ्यता गर्दैछ । खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।ब्राइटन विरुद्ध लेस्टर सिटी को खेल राति ६:४५ बजे र वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड को खेल राति ६:४५ बजे हुनेछ ।