युवा पोस्ट, मंसिर २२ ,२०७८, इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा इटालियन क्लब इन्टर मिलानलाई २/० ले हराउँदै रियल समूह विजेता हुँदै अन्तिम १६ बन्न सफल भएको हो । यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोडेको छ ।