इन्डोनेसियाको तिमोर-लेस्टे प्रान्तबाट करिब ११३ किलोमिटर उत्तरपूर्वमा पर्ने मालुकु बारातदया मा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको ७.३ म्याग्निच्युड मापन गरिएको छ । शक्तिशाली भूकम्पका कारण मानिसहरु डराएर घरबाहिर निस्केका छन् । प्रशासनले उक्त क्षेत्रमा उच्च सतर्कता जारी गरेको छ । यद्यपी हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।युरोपेली-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार स्थानीय समय अनुसार बिहान ३:२५ बजे भूकम्प गएको हो । इन्डोनेसियामा हरेक दिन भूकम्पको धक्का महसुस भइरहेको छ ।