06:52:58 pm 25-May-2022

इरान लगातार तेस्रो पटक विश्वकपमा छनोट, एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम


इरान लगातार तेस्रो पटक विश्वकपमा छनोट, एसियाबाट कतार विश्वकपमा छनोट हुने पहिलो टिम

युवा पोस्ट,माघ १४,२०७८,शुक्रबार, 

इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रबाट छनोट हुने पहिलो टोली बनेको छ । गए राती इरानले इराकलाई १–० ले पराजित गर्दै यस वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो । इरानको जितमा पहिलो हाफको ४८औं मिनेटमा पोर्टोका स्ट्राइकर तारेमीले गरेको गोल निर्णायक बन्यो । कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् ।
हालसम्म कतारमा हुने विश्वकपमा छनोट भएका देशहरु
१. कतार
२. जर्मनी
३. डेनमार्क
४. ब्राजिल
५. फ्रान्स
६. बल्जियम
७. क्रोएशिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्यान्ड
११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड्स
१३.अर्जेन्टिना
१४. इरान
अफ्रिकाबाट ५, एशियाबाट ४ सिधै र १ ले प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम छ । अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाचौं हुनेले दक्षिण अमेरिकाको पाचौं हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ । यस्तै सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]